सञ्जय मिश्रा
रौतहट । यसपटक मनसुन सक्रिय भएसँगै दैनिकजसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षति पुर्याएको छ ।
क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पूर्वी भेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको ठूलो क्षति हुनसक्ने सम्भावना रहेको छ ।
यसैबीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुर नगरप्रमुख मेयर रिनाकुमारी साहको सक्रियतामा सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ ।
मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सीडीओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेककुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरीक्षण गरेको थियो ।
टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए। मर्यादपुरछेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यसपटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्ने अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन् ।
मर्यादपुरछेउको बाँधमा नदीको पानीभन्दा पनि बर्षाको पानीले क्षति पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको बर्षात सुरु हुनुअघि मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन् ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend