सञ्जय मिश्रा
रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।
मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको विद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीवार अपरान्ह बरामद गर्नुका साथै संलग्न ३ जना लाई पक्राउ गरेको हो ।
गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआइ विद्युतीय तारको पासोमा करेन्ट लागेर स्थानिय रूपनारायण राउतको श्रीमती ५५ वर्षीया देवी पटेलको एकसाता अघि मृत्यु भएको अनुमान गरिएको छ।
करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरुले घटना लुकाउन नजिकै जङ्गलमा खाल्डो खनी शव पुरेका थिए । घटनापछी महिला बेपत्ता भएको पीडित परिवारमार्फत जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो ।
डिएसपी राजन कार्कीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भए पनि प्रहरीमा १९ गते जानकारी आएको थियो। अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीवार अपरान्ह जंगलमा गाडिएको अवस्थामा बरामद भएको छ।
साथै, घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको डिएसपी कार्कीले न्युज कारखाना लाई जानकारी दिएका छन् ।
एकसाता देखी गाडिएको मृतक महिलाको शव कुहिन सुरु भएको छ। अनुसन्धान पछी घटनाबारे पूर्ण जानकारी आउने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend