सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित बिभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एकजना वडाअध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडाअध्यक्ष हरिश्चन्द्र सहनी सहित ४ जना माथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो ।
गरूडा नगरपालिका ३ मलाही बस्ने परिक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने श्रीराम सहनीको छोरा बर्ष १८ को राजु सहनीलाई मोटरसाईकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थियो ।
सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनी सहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परिक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानविय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
उक्त घटनामा संलग्न वडा अध्यक्ष सहनी फरार भएको तथा अन्य तीनजना व्यक्तिहरुलाई सोही दिन पक्राउ गरीएको थियो ।
वडा अध्यक्ष सहित चारैजना माथी माथी अपमानजनक तथा अमानविय व्यवहार कसूरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताएका छन् ।
पक्राउ तीनैजना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भईरहेको तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend