Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  महोत्तरीमा लाखौँको लुटपाट, एक पक्राउ, तीन घाइते


    बिहिबार, असार १९ २०७६
    915
    Shares
  • २ मिनेट पाठ
  • महोत्तरी, १९ असार ।  महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो ।
     
    वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत भएको र सोही क्रममा तीन गाउँले घाइते भएका छन् ।

    गाउँलेले डाँकाको समूहमध्ये एकलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा सर्लाही चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापड रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  यता भिडन्तमा परी स्थानीयवासी घरमुली चन्देश्वर महतो, उनकी श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार