काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा बढुवा हुनका लागि डीआईजीहरुबीच चर्को प्रतिस्पर्धा देखिएको छ । डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी एआईजी बढुवाका दाबेदार हुन् ।
बरिष्ठताका आधारमा पहिलो वरियताका कमल गिरी एआईजी बढुवाका प्रबल दाबेदार हुन् । तर दोस्रो वरियताका डीआईजी गणेश ठाडामगर पनि एआईजी बढुवा हुनका लागि शक्तिकेन्द्रमा सबै अस्त्र प्रयोग गरेर लागेका छन् ।
चन्द्रप्रकाश गौतम बैशाख २ गते अवकाश भएपछि रिक्त भएको एआईजीमा बढुवा हुनका लागि ठाडामगरले परराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणालाई थैलीकै कबोल गरिसकेको स्रोत बताउँछ । भूषणमार्फत् सकेसम्म रिक्त एक पदमा बढुवा हुन उनी लागेका छन् । रिक्त पदमा बरिष्ठताका आधारमा मात्र बढुवा भएमा दरबन्दी थपेर भए पनि यसैपाली एआईजी बढुवा हुन उनी सक्रियतापूर्वक लागेका छन् ।
ब्यक्तिका लागि दरबन्दी थप्ने मामिलामा कांग्रेसलाई मनाउन सकिने भएकाले उनी बिचौलियामार्फत् भूषणकोमा पुगेको स्रोत बताउँछ । सरकारले नेपाल प्रहरीका एआईजी बढुवादेखि आईजीपी नियुक्तिसम्म बरिष्ठताकै आधारमा गरेकाले सशस्त्र प्रहरी बलमा पनि त्यो नीति विपरीत हुने संभावना कम देखिन्छ । तसर्थ ठाडामगर दरबन्दी थप गराउने चलखेलमा साम दाम सबै प्रयोग गरेर लागेका छन् । हाल माओवादी सरकारमा नभएको, रिक्त पद एउटामात्र भएको र वरियतामा २ नम्बरका भएका कारण उनको बढुवा हुने अवस्था छैन । तर पनि उनी भूषण राणामार्फत् गिरीलाई रोकेर बढ्ुवा हुने, नभए दरबन्दी थप्ने खेलमा लागेका हुन् ।
ठाडामगर सशस्त्रमा अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । मधेश प्रदेश छिन्नमस्ता बाहिनीमा एसएसपी हुँदादेखि नै घुमुवा परिचालन गरी लाभ लिन पल्केका थिए ठाडामगर । जुन बेला राजु अर्याल मधेश प्रदेशको डीआईजी थिए । अर्याल स्वच्छ छविका भए पनि ठाडामगरले घुमुवामार्फत् लाभ लिएका थिए ।
पछि डीआईजी भएपछि १८ महिना मधेश प्रदेशको कमाण्ड सम्हाल्ने क्रममा गणेशले घुमुवाहरुको डफ्फा नै परिचालन गरी तस्करीको साम्राज्य चलाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्दैआएको छ ।
ठाडामगरलाई बढुवा गराउन स्रोत जुटाउन उनले मधेश प्रदेशमा १८ महिना कार्यरत रहँदा असुलीमा परिचालन गरेका पुराना घुमुवाहरु पनि लागेका छन् । ठाडामगरलाई बढुवा गराउनका लागि लागेका घुमुवाहरुमा इमाम मियाँ ठकुराइन, रोशन मिश्र, राजीव यादव, सन्तोष यादव, बशिष्ट पटेल, उमेश पण्डित लगायत छन् । सशस्त्रमा ठाडामगरको ब्यक्तिगत स्वार्थपूर्तिका लागि दरबन्दी थप गराउन डीआईजी दीपेन्द्र कुँवर समेत लागेका छन् । आफूलाई समेत भोलिका दिनमा सहज हुने भएकाले कुँवर लागेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend