काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा बढुवा हुनका लागि डीआईजीहरुबीच चर्को प्रतिस्पर्धा देखिएको छ । डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी एआईजी बढुवाका दाबेदार हुन् ।
बरिष्ठताका आधारमा पहिलो वरियताका कमल गिरी एआईजी बढुवाका प्रबल दाबेदार हुन् । तर दोस्रो वरियताका डीआईजी गणेश ठाडामगर पनि एआईजी बढुवा हुनका लागि शक्तिकेन्द्रमा सबै अस्त्र प्रयोग गरेर लागेका छन् ।
चन्द्रप्रकाश गौतम बैशाख २ गते अवकाश भएपछि रिक्त भएको एआईजीमा बढुवा हुनका लागि ठाडामगरले परराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणालाई थैलीकै कबोल गरिसकेको स्रोत बताउँछ । भूषणमार्फत् सकेसम्म रिक्त एक पदमा बढुवा हुन उनी लागेका छन् । रिक्त पदमा बरिष्ठताका आधारमा मात्र बढुवा भएमा दरबन्दी थपेर भए पनि यसैपाली एआईजी बढुवा हुन उनी सक्रियतापूर्वक लागेका छन् ।
ब्यक्तिका लागि दरबन्दी थप्ने मामिलामा कांग्रेसलाई मनाउन सकिने भएकाले उनी बिचौलियामार्फत् भूषणकोमा पुगेको स्रोत बताउँछ । सरकारले नेपाल प्रहरीका एआईजी बढुवादेखि आईजीपी नियुक्तिसम्म बरिष्ठताकै आधारमा गरेकाले सशस्त्र प्रहरी बलमा पनि त्यो नीति विपरीत हुने संभावना कम देखिन्छ । तसर्थ ठाडामगर दरबन्दी थप गराउने चलखेलमा साम दाम सबै प्रयोग गरेर लागेका छन् । हाल माओवादी सरकारमा नभएको, रिक्त पद एउटामात्र भएको र वरियतामा २ नम्बरका भएका कारण उनको बढुवा हुने अवस्था छैन । तर पनि उनी भूषण राणामार्फत् गिरीलाई रोकेर बढ्ुवा हुने, नभए दरबन्दी थप्ने खेलमा लागेका हुन् ।
ठाडामगर सशस्त्रमा अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । मधेश प्रदेश छिन्नमस्ता बाहिनीमा एसएसपी हुँदादेखि नै घुमुवा परिचालन गरी लाभ लिन पल्केका थिए ठाडामगर । जुन बेला राजु अर्याल मधेश प्रदेशको डीआईजी थिए । अर्याल स्वच्छ छविका भए पनि ठाडामगरले घुमुवामार्फत् लाभ लिएका थिए ।
पछि डीआईजी भएपछि १८ महिना मधेश प्रदेशको कमाण्ड सम्हाल्ने क्रममा गणेशले घुमुवाहरुको डफ्फा नै परिचालन गरी तस्करीको साम्राज्य चलाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्दैआएको छ ।
ठाडामगरलाई बढुवा गराउन स्रोत जुटाउन उनले मधेश प्रदेशमा १८ महिना कार्यरत रहँदा असुलीमा परिचालन गरेका पुराना घुमुवाहरु पनि लागेका छन् । ठाडामगरलाई बढुवा गराउनका लागि लागेका घुमुवाहरुमा इमाम मियाँ ठकुराइन, रोशन मिश्र, राजीव यादव, सन्तोष यादव, बशिष्ट पटेल, उमेश पण्डित लगायत छन् । सशस्त्रमा ठाडामगरको ब्यक्तिगत स्वार्थपूर्तिका लागि दरबन्दी थप गराउन डीआईजी दीपेन्द्र कुँवर समेत लागेका छन् । आफूलाई समेत भोलिका दिनमा सहज हुने भएकाले कुँवर लागेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend