Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • गृहमन्त्रालयद्वारा तीन जिल्लाका सीडीओ हेरफेर, को-कहाँ ?


    मंगलबार, बैशाख १६ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

    यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

    मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।

    यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार