काठमाडौं, ८ बैशाख । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ ।
आज सरुवा भएका दुबै जना एसएसपी एउटै व्याचका हुन् । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुलबहादृुर थापा डीआईजीमा बढुवा भएर पदस्थापन भएपछि भोलीबाट दुबै ठाउँ रिक्त थिए ।
ज्ञवाली महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत थिए भने थापा आर्थिक प्रशासन महाशाखाका प्रमुख थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाइ हुन् ।
ज्ञवालीसँग रुपन्देही, सिरहा जस्ता जिल्लाको कमाण्ड गरेका अनुभव छ । थापाले चितवनलगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्षक ठाउँ हुन् । प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ ।