Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना रोकथामका लागि स्थानीय तहलाई जिल्ला सहकारी संघको आर्थिक सहयोग


    सोमबार, बैशाख ८ २०७७
    555
    Shares
  • २ मिनेट पाठ
  • ललितपुर, ८ बैशाख ।  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाका ६ वटा स्थानीय तहलाई  आर्थिक  सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम, उपचार तथा राहत वितरणका लागि उक्त रकम सहयोग गरेको संघका अध्यक्ष रामहरि बजगाईले जानकारी दिनुभयो । संघले आज आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकालाई एक लाख रुपैयाँ सहयोग गरेको हो । 

    ललितपुर महानगरपालिका मेयर चिरिबाबु मर्हजनलाई संघका अध्यक्ष रामहरि बजगाईंले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सहयोग कार्यक्रम अन्तर्गत संघले महानगरपालिकालाई १ लाख, नगरपालिकालाई ७५ हजार र गाउँपालिकालाई ४० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

     जिल्लामा ललितपुर महानगरपालिकाले १ लाख, महालक्ष्मी र गोदावरी नगरपालिकाले ७५–७५ हजार रुपैयाँ सहयोग पाएका छन् । त्यस्तै महांकाल, कोञ्जोस्योम र वागमती गाउँपालिकाले जनही ४०–४० हजार रुपियाँ पाउने भएका छन् ।

     संघका अध्यक्ष बजगाईले संघको सामुदायिक सहयोग कोषमा रहेको मध्य ३ लाख ७० हजार रुपियाँ वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–राज्यको एकद्धार नीति अनुसार उक्त रकम हस्तान्तरण गरेका हौं, सो रकम स्थानीय सहकारीकर्मीहरुको हितमा समेत खर्च हुने अपेक्षा राखेका छौं । 

    संघले सहयोग हस्तान्तरणको लागि सबै स्थानीय तहको नाममा चेक र पत्र तयार गरिसकेको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले संघले गरेको सहयोगले कोरोना संक्रमण रोकथामका लागि महत्वपूर्ण भुमिका खेल्ने चर्चा गर्नुभयो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार