Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढुवा भएका १० डीआइजीको पदस्थापन, २ को सरुवा


    सोमबार, बैशाख ८ २०७७
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ८ बैशाख । गृहमन्त्रालयले आइतबार बढुवा भएका र आज दज्र्यानी चिह्न लगाएका १० डीआईजीको पदस्थापन गरेको छ । 

    पदस्थापन हुने डीआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । 

    यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, एकेडेमीमा प्रकाशजंग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाअरुण बीसीलाई पदस्थापन गरिएको छ । यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार