Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक सकिएलगत्तै माओवादी खेमाका मन्त्रीहरु खुमलटारमा


    सोमबार, बैशाख ८ २०७७
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ८ वैशाख । राजनीतिक दल सम्बन्धी ऐनमा रहेको दल विभाजनसम्बन्धी दफा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदबाट हुनासाथ पूर्व माओवादी खेमाका मन्त्रीहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार गएका छन् ।  

    प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरु भेला भएर छलफल गरेका थिए । त्यसलगत्तै उनीहरु अध्यक्ष प्रचण्ड निवास खुमलटार गएका छन् ।

    नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीबीच दूरी बढेका समाचारहरु आइरहेको बेलामा राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशबाट गर्न लागिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार