बीरगञ्ज । हनुमान जन्मोत्सवको अवसरमा बीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीचको झडपलाई नियन्न्त्रणमा लिंदा जिल्ला प्रहरी पर्साका एसपी गौतम मिश्रसहित १४ प्रहरी घाइते भएका छन् ।
शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा बीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु जारी गरिसकेको छ । आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेको थियो ।
पर्सा प्रहरीले बल प्रयोगमा अत्याधिक संयमता अपनाएको छ । झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर पनि गरेको थियो ।
पर्साका एसपी गौतम मिश्रका अनुसार झडपका क्रममा प्रहरीतर्फ कम्तीमा १७ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ मानवीय क्षति भएको छैन । तर भौतिक क्षति भएको प्रहरीले जनाएको छ । झडपका क्रममा पर्साका एसपी गौतम मिश्रको हातमा चोट लागेको छ ।
यस्तै सशस्त्र प्रहरीका डीएसपी पनि र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् । साथै प्रहरी र प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वमा वीरगन्ज–१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरमा बीगरन्ज–१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज(१६ को शंकराचार्य चोकसम्म कफ्र्यु लगाइएको छ ।
दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ७.३० बजेदेखि लागू हुनेगरी आइतबार दिउँसो १२ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend