काठमाडौैं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने तयारी गरिएको छ । २०८२ जेठ ३ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको उक्त प्रतियोगता स्थगित गर्नका लागि एमालेबाट राष्ट्रिय खेलकुद परिषद(राखेप)को उपाध्यक्षमा नियुक्त भएका ध्रुव आचार्य लगायतका ५ जना सदस्यहरुले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।
यसअघि ४ वटा बैठक राखेर राखेपले दशौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी समेत गरिसकेको छ । मूल आयोजक समिति, राखेप बोर्ड र ११ वटा उपसमितिहरु गठन गरी प्रतियोगिताका लागि ब्यापक तयारी भइसकेको छ ।
सबै तयारीका क्रममा करोडौं रुपैयाँ खर्च भइसकेपछि एकाएक उपाध्यक्ष आचार्यसहितको एमालेको टीमको दबाबमा प्रतियोगिता स्थगित गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी लागिपरेका छन् । आज ११ बजे बस्ने बोर्ड बैठकमा प्रतियोगिता तयारीका लागि छलफल गर्ने एजेन्डा राखिए पनि सो बैठक प्रतियोगिता स्थगित गर्न परिणत गर्ने उपाध्यक्ष आचार्य र मन्त्री चौधरी लागिपरेका छन् ।
गतहप्ता मात्रै मन्त्री चौधरीले दशौं खेकुदका ११ वटा उपसमिति गठन गरेका थिए । जसमा एमालेले ३, कांग्रेसले ४ र माओवादीले २ उपसमितिको नेतृत्व पाएका छन् । भागबण्डाका आधारमा गठन गरिएका उपसमितिहरुले काम सुरु गरिसकेको अवस्थामा एमालेले अत्तो थापेर दसौं खेलकुद प्रतियोगिता स्थगित गर्न दबाब दिइरहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल मूल आयोजक समितिका सहअध्यक्ष पनि हुन् । उनलाई काठमाडौंमा बोलाएर प्रतियोगिता हुन नदिनका लागि ब्यापक लबिङ एमालेबृत्तबाट भइरहेको छ ।
संसदको शिक्षा, स्वास्थ्य समितिबाट गठित डिकबहादुर लिम्बु नेतृत्वको उपसमिति गतहप्ता खेलकुद आयोजनास्थल सुर्खेतमा पुगेर तोकिएको समयमा प्रतियोगिता सम्पन्न गर्नका लागि सरोकारवालाई निर्देशन दिएको थियो । सरोकारवालाहरुसँग भेट गरी काठमाडौं फर्किएको सो टोलीले जुनसुकै हालतमा प्रतियोगिता संचालन गर्नका लागि मन्त्री तेजुलाललाई भेटेरै निर्देशन दिएको थियो । ७ वटा प्रदेश, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका खेलाडीहरुले लामो समयदेखि दसौं खेलकुदमा भाग लिनका लागित तयारी समेत गरिसकेका छन् । जसको पूर्वतयारीका नाममा राज्यको दसौं करोड खर्च भइसकेको छ ।
एमाले र मन्त्रीको स्वार्थमा प्रतियोगिता स्थगित गरियो भने दशौं करोड रकम तयारीका नाममा खर्च भएको खर्च बालुवामा पानीसरह हुनेछ । प्रतियोगितामा भाग लिने तयारीमा रहेका हजारौं खेलाडीहरुको मेहनत र लगानी खेर जाने भन्दै खेल जगत चिन्तित छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नाममा मस्कट, लोगो सार्वजनिक गरिसकिएको छ भने कर्णाली प्रदेशमा मूल आयोजक समितिको सचिवालयसमेत तामझामका साथ उद्घाटन गरिसकिएको छ । दशौंकै लागि भनेर खेलसामग्री, पोशाक लगायतका करोडौंका सामान खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।
कर्मचारीहरु लामो समयदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै तयारीमा ब्यस्त रहँदैआएका छन् । यसरी प्रतियोगितको मिति १ महिना बाँकी हुँदा तयारी नपुगेको भन्दै एमालेको दबाबमा मन्त्री चौधरीसमेत परेर खेलकुद स्थगित गरियो भने यो खेल जगतका लागि दुर्भाग्यपूर्ण हुने भएकाले खेलप्रेमीहरु चिन्ता प्रकट गर्न थालेका छन् ।
राखेपका एक बोर्ड सदस्यका अनुसार ३८ सदस्यमध्ये ५ जना एमालेको कुरा मन्त्रीज्यूले प्रतियोगिता स्थगित गर्ने अप्रिय निर्णयमा साथ दिनुहुन्छ जस्तो आफूलाई नलागे पनि ढुक्क हुने अवस्था नरहेको बताए ।
मदन भण्डारी स्पोर्टर्स एकेडेमीका अध्यक्षसमेत रहेका परिषद उपाध्यक्ष ध्रुव आचार्य त्यस अन्तर्गत खर्च हुनेगरी राखेपबाटै छ्ट्याइएको २ करोड बजेट खर्च गर्न देशब्यापी दौडाहामा रहने फुर्सद भए पनि दशौैं खेलकुदका नाममा सिन्को समेत नभाँची भाँड्न प्रतियोगिता नै भाँड्न उद्यत छन् । यसअघि तयारी नपुगेको भन्दै २ पटक स्थगित भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक जसरी पनि आयोजना गर्नका ब्यापक तयारी भइरहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend