Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिकोटमा विदेशबाट फर्किएका ३ सय १० जनाको आरडीटी टेष्ट, सबैको रिपोर्ट नेगेटिभ


    सोमबार, बैशाख ८ २०७७
    710
    Shares
  • १ मिनेट पाठ
  • कालिकोट, ८ बैशाख । दुर्गम जिल्ला कालिकोटमा पहिलो चरणको कोरोना परीक्षण सकिएको छ । कोरोना संक्रमितको खोजीमा गाउँ गएको स्वास्थ्यकर्मीको टोली जिल्ला फर्किएको छ । 

    भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको ‍र्यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको हो ।

    टोलीले सोमबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको ‍र्यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पहिरो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्यापिड टेस्ट गरिएको छ ।

    ती सबैजनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार