Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृषि विकास बैंकले माग्यो विभिन्न पदमा ११८ कर्मचारी


    शुक्रबार, चैत्र २२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ११८ जना कर्मचारीको माग गरेको छ ।

    बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी माग गरेको हो।

    बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जना माग गरेको छ ।

    योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार