Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजी बढुवा सदर, भोलि पदस्थापन हुने


    आइतबार, बैशाख ७ २०७७
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ बैशाख । नेपाल प्रहरीका १० एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिले सिफारिस गरेका १० जना एसएसपीको बढुवा आइतबार गृहमन्त्रालयले सदर गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बढुवा सदर गरेका हुन् । संभवतः सोमबार बढुवा भएका डीआइजीहरुले फूली लगाउनेछन् । उनीहरुको पदस्थापन पनि भोलि नै हुने संभावना छ ।

    ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा डीआइजी रिक्त छन् । प्रदेश नम्बर २ मा मात्र डीआइजी प्रद्युम्न कार्की कार्यरत छन् । उनी २ नम्बर प्रदेशमा सरुवा भएको १० महिना पूरा भएको छ । उनलाई पनि सरुवा गरी प्रदेशमा नयाँ बढुवा भएका डीआइजीलाई पठाउने तयारी छ । 

    सोमबार फूली लगाउने डीआइजीहरुमा क्रमशः घनश्याम अर्याल, प्रकाशजंग कार्की, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार