Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


    शनिबार, पुष २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका-७ घर भएका २८ बर्षीय चन्द्र तामाङ रहेका छन्।  १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने तामाङलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हाे। 

    प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार