काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ७३ हजार जरिवाना तोकेकोमा बिरोध गर्दै मेयर बालेन साहले स्टन्ट गरेको आरोप लगाएका छन् । उनले ज्ञानेन्द्र शाहको गलत ठेगानमा पठाएको पत्रलाई स्टन्टको संज्ञा दिएका हुन् । उनले पत्रको भाषा समेत अशिष्ट र अमर्यादित भएकोमा पनि उनले आपत्ति प्रकट गरेका छन् ।
थापाले लेखेका छन्–‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । गलत ठेगानामा पठाइएको पत्र जस्तो ‘स्टन्ट’ भयो ।
मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ ।
पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो ।
पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।
महानगरले शुक्रबार तोडफोड र फोहोर गरेको स्थलगत बिवरण तयार गरी ज्ञानेन्द्र शाहलाई शनिबार नै जरिवाना तिर्न पत्र काटेको छ ।
यसअघि एमालेलाई१ लाख जरिवाना गरेका मेयर साहले राप्रपाले गएको असार २५ गते विमानस्थलमा शाहलाई स्वागत गर्दा गरेको प्रदर्शनका क्रममा गरेको फोहोरको बिषयमा पनि १–१ लाख जरिवाना गरेको थियो ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend