Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  कालोबजारीको आरोप लागेका अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति


    आइतबार, बैशाख ७ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, ७ बैशाख । जिल्ला प्रशासन कार्यालयले  व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । 

      कालोबजारी गरेको कसूरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अनुसन्धान नगकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको हो । 

    ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्शालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार