काठमाडौँ । आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको जनाइएको छ ।
मन्त्रालयले गरेको फेरबदल सूची अनुसार गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ । यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ ।
गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन, भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा पदस्थापन गरिएको छ । नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ ।
त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend