Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण भारतमा मृत्यु हुनेको संख्या ५ सय नाघ्यो


    आइतबार, बैशाख ७ २०७७
    915
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ७ बैशाख। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । 
    पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । 

    भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । 

    संक्रमितको संख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १५ हजार सात सय १२ पुगेको छ ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको मृत्यु भएको छ ।

    भारतको उत्तर प्रदेशमा अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार