इलाम, ७ बैशाख । सामाजिक संजालमा कोरोना भाइरस संक्रमणबारे भ्रमपूर्ण सूचना सम्प्रेषण गर्नेहरु पक्राउ परिरहेका छन् । दाङमा केही दिनअघि फेसबुकमा कोरोना संक्रमित भेटिएको भनी भ्रम फैलाउने ब्यक्ति पक्राउ परेका थिए ।
यस्तै कोरोना भाइरस संक्रमित फेला परेको भन्दै भ्रम फैलाउने इलामका सन्दीप लिम्बुलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का लिम्बूले युट्युबमार्फत् कोरोना भाइरस संक्रमित भेटिएको अफवाह फैलाएपछि प्रहरीले पक्राउ गरेको हो ।
इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेका थिए ।