Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभरका मस्जिदमा निगरानी सुरु, झापाका १४ जमातीकोे र्‍यापिड टेष्टको रिपोर्ट ‘नेगेटिभ’


    आइतबार, बैशाख ७ २०७७
    950
    Shares
  • ३ मिनेट पाठ
  •  

    झापा, ७ बैसाख । पर्साको छपकैया मस्जिदमा ३ भारतीय जमातीमा कोरोना पोजेटिभ देखिएको केही दिनमै उदयपुरको एक मस्जिदमा एकै साथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भयो । प्रदेश नम्बर १, २ र ५ मा जमातीहरुको ठूलो संख्या मस्जिद र मदर्सामा बसेको आशंका गरिएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा तब्लिगी जमातले २०७६ फागुन २२ देखि २८ सम्म आयोजना गरेको धार्मिक भेला(मरकज)बाट ठूलो संख्यामा आएका जमाती नेपालका विभिन्न मस्जिदमा बसेको सुनसरी, सप्तरी,सिराहा,उदयपुर, बारा,पर्सा, रौतहट, धनुषा र महोत्तरीका मस्जिदमा भेटिएका भारतीय र पाकिस्तानीको जमातीले पुष्टी गरेको छ । सरकारले १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामात्र होइन, ५ नम्बरका कपिलवस्तु र रुपन्देहीमा पनि निगरानी सुरु गर्नुपर्ने आवाज उठेको छ । यसरी मस्जिदमा सामूहिक रुपमा बिदेशी बसेको र उनीहरु कोरोना संक्रमित पनि पनि पाइएपछि सरकारले निगरानी बढाएको छ ।

    कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकै साथ यतिका संख्यामा सङ्क्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो ।

    यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले वताइन् ।

    उपप्रमुख समेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन । उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ ।

    कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् । देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए ।

    यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

    तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले बताइन् । उनका अनुसार हाल दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा दुई र मानसरोवर इन्स्टिच्युटमा १५ पुरुष रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार