Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा भूकम्पको धक्का


    आइतबार, पुष १९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।  बेलुका ६ बजेर ४४ मिनेटमा  बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिएका छन् । 
     
    उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ  । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार