Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी निरीक्षकको दम्भले सीमा नाघेपछि 


    शनिबार, बैशाख ६ २०७७
    960
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । नेपालको संविधानले स्थानीय सरकारलाई त्यस क्षेत्रको सबै हेर्ने अधिकार दिएको छ । नागरिकताबाहेक सबै निर्णय स्थानीय सरकारले गर्न सक्दछन् । नेपाल प्रहरीका प्रत्येक युनिट स्थानीय सरकारसँग समन्वय गरेर मात्रै चल्नुपर्ने हुन्छ । 

    सन्दर्भ हो, बुढानीलकन्ठ नगरपालिका अन्तर्गतको कपन प्रहरी प्रभागबाट हालै सरुवा भएकी इन्स्पेक्टर सुरक्षा केसीको । एक प्रहरी निरीक्षकले स्थानीय सरकारलाई नै चुनौती दिएपछि उनी विवादमा आइन् । र, एक बर्ष पनि नपुगी सरुवा भइन् । महानगरीय आयुक्त कार्यालय रानीपोखरीले कपनमा कार्यरत केसीलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा सरुवा गरेको छ । उनको ठाउँमा विशेष कार्यदलमा कार्यरत शेखरजंग मल्ललाई कपन प्रभागमा काजसरुवा गरिएको छ ।

     उनी रमेश खरेल वा हिन्दी फिल्मको सिंघमको शैलीमा बुढानीलकन्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको चरित्रहत्यामा लागिन् । उनी कपनमा आएपछि सामुदायिक प्रहरीको अवधारणा समाप्तै भयो । उल्टै जनप्रतिनिधिसँग अनावश्यक निहुँ खोज्ने केही ब्यक्तिले उचालेकै भरमा आफूलाई स्वघोषित सिंघमका रुपमा प्रस्तुत गर्न थालिन् । पूर्वआइजीपी सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत इन्स्पेक्टरकी श्रीमती भएको दम्भमा उनले आफ्नो औकात नै बिर्सेर कपन बहुमुखी क्याम्पस निर्माणका क्रममा निस्केको बालुवाको आम्दानी सोही क्याम्पसले प्रयोग गर्नेगरी नगरपालिकाले निर्णय गरेको बिषयलाई मिडियाबाजीको बिषय बनाइन् ।

    स्थानीय सरकार, राजनीतिक दलहरु कसैसँग पनि समन्वय गरी काम गर्न नसकेर विवादमा आएपछि उनलाई आयुक्त कार्यालयले तानेको हो । काम गर्न नसकी अक्षम भएर तानिएकी तिनै इन्स्पेक्टरले अहिले फेरि त्यही क्याम्पसको बालुवाको बिषय उछालेर मिडियाबाजी गर्न सुरु गरेकी छन् । फिल्डमा होइन, मिडियामा हिरो बन्न खोज्दा रमेश खरेल डीआइजीबाटै बिदा भएको इतिहास पनि उनले बिर्सिएजस्तो छ, प्रहरीकै एक अधिकृत भन्छन्, प्रहरीमा खरेल शैलीले सफल पुलिसिङ होइन, कागजी हिरोमात्र बनाउँछ भन्ने देखाइसकेको छ ।

    श्रीमतीको नाममा सुराकी भत्ता बुझेर नेतालाई गाली गर्ने उनको शैलीेको अनुशरण गर्ने सुरक्षा केसीले एकाध ट्रक बालुवालाई इस्यु बनाएर जनप्रतिनिधिको चरित्रहत्या गर्नु आत्मरति सिवाय अरु केही होइन । किनकि नगरपालिकाले निर्णय गरी बालुवाको आम्दानी सामुदायिक क्याम्पसकै हुने निर्णय गरिसकेपछि त्यो बिषयमा अनियमितता नै भएको रहेछ भने पनि हेर्ने निकाय प्रहरी होइन, अख्तियार हो भन्ने कुरा उनले हेक्का राख्न नसकेको देखिएको छ । फिल्मको सिंघमको नक्कल गर्न खोज्दा इन्स्पेक्टर केसी एक बर्ष पनि नपुगी सरुवा भएकी हुन् । उनी सरुवा हुनुको कारण जनप्रतिनिधिसँगको टसल नै मुख्य हो । 

    बूढानीलकण्ठको एकमात्र सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसको निर्माणाधीन भवनको तल्लो तल्ला अगाडिको बाटो सम्याउने प्रक्रियामा ढुङ्गा, बालुवा, माटो लगायतका सामग्रीहरुको व्यवस्थापनको विषयमा इन्स्पेक्टर केसीले अनावश्यक राजनीति गर्न खोज्दा उनी विवादमा आएकी हुन् । तर अहिले सरुवामा परेपछि उनी मिडियाकर्मी बोलाउँदै फोटोहरु दिंदै आफ्नो कुन्ठा पोख्न थालेकी छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार