Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ


    आइतबार, पुष १९ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीले श्रीमती हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २३ वर्षीय सुरज परियार रहेका छन् ।

    उनलाई २२ वर्षीया श्रीमती सुन्दास परियारको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको पाइएको बोहोराले बताए ।

    प्रहरीका अनुसार परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार