Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह


    आइतबार, पुष १९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ । 
     
    पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उहाँले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “केही साथीहरु बरालिनुभएको छ, गल्ती  र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”

    उहाँले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले  दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गर्नुभयो  । 

    नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गर्नुभयो । बैठकमा महासङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताउनुभयो । महासङ्घका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले सङ्गठनको हाल कायम १५१ सदस्यीय केन्द्रीय कमिटीमा ६१ सदस्य नयाँ थप गरिएको जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार