काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन गर्नुपर्ने आवश्यक पूर्वतयारीबारे मातहतका निकायसँग छलफल गरी राय–परामर्श लिएको छ ।
सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका पदाधिकारीले निर्वाचनका समयमा सेवा प्रवाहमा संस्थागत क्षमता विकास गर्न मन्त्रालयका तर्फबाट सहजीकरणका लागि गरिएको अपेक्षामा केन्द्रित रही सुझाव दिनुभयो ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेअनुरुप निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ । मन्त्रालयले पनि आफ्ना मातहतका निकायलाई निर्वाचनको वातावरण बनाउन र निर्वाचनको तयारीलाई थप प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनी परामर्श थालेको हो ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रतिनिधिसभा निर्वाचनमा आमसञ्चारका माध्यमबाट जनतासमक्ष सन्तुलित र वस्तुनिष्ट सूचना प्रवाहलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनी सुझाव माग गर्नुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि त्यतिकै ध्यान पु¥याउनुपर्छ, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन के कस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ, विगतका अनुभवका आधारमा सुझाव आओस् ।”
छलफलमा मन्त्रालय मातहतका निकायका पदाधिकारीले आ–आफ्नो संस्थाको कार्य जिम्मेवारी, कर्तव्य, दायित्व र निर्वाचनमा गर्न सक्ने योगदानबारे स्पष्ट गर्नुभएको थियो । आवधिक निर्वाचन मुलुककै ठूलो पर्व भएकाले तोकिएका जिम्मेवारीलाई चुस्त र प्रभावकारी तुल्याउन लाग्ने थप आर्थिक दायित्व र उपकरणको उपलब्धताका लागि मन्त्रालयबाट सहजीकरण होस भनी उहाँहरुले आग्रह गर्नुभयो।
निर्वाचनका समयमा दूरसञ्चार प्रदायक कम्पनीबाट हुने सेवा प्रवाहलाई निर्वाचन मैत्री बनाउन तथा रासस, टेलिजिन, रेडियो र गोरखापत्र संस्थानले निर्वाचन विशेष बुलेटिन, कार्यक्रम, परिसंवाद, छलफल, अन्तर्वार्ता, काउनडाउन, आलेख, स्थलगत रिपोर्टिङलाई सन्तुलित र वस्तुनिष्ट तुल्याउँदै प्राथमिकताका साथ प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन् ।
सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले निर्वाचनका समयमा विगतमा झँै राससबाट निर्वाचन विशेष बुलेटिन तयार गर्ने, स्थानीय तहसम्म समाचारदाता खटाएर वस्तुनिष्ट र सन्तुलित समाचार, तस्वीर, श्रव्य सङ्कलन गरी प्रकाशन र प्रसारण गरिने जानकारी दिनुभयो ।
राष्ट्रिय पर्वकै रुपमा सञ्चालन हुने निर्वाचनसम्बन्धी समाचारमा छिटोछरितो र गुणस्तरीय तुल्याउन थप जनशक्ति तथा उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि लाग्ने थप आर्थिक दायित्वबारे सहजीकरण गरिदिन मन्त्रालयसँग उहाँले अनुरोध गर्नुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend