Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राेकिएन भारतकाे दादागिरी: महाकाली नदी मिचेर तटबन्ध निर्माण


    आइतबार, पुष १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दार्चुला । दार्चुलामा भारतले महाकाली नदी मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको छ।

    दार्चुलाकाे सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । अहिले भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्।

    बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो। सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो। भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ। तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ।

    दार्चुला जिल्ला प्रशासनले उक्त निर्माणकार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो। तर, पत्रको बेवास्ता गर्दै निर्माणकार्य निरन्तर चलिरहेको छ। नदीतर्फ ढुंगामाटो उखेल्दै डोजरहरू चलिरहँदा नेपानी पक्ष मूकदर्शक भएर बस्नुपरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, भारतले काम गरिरहेको छ भन्ने कुरा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु।

    हाम्रो पत्रको सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं । गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताए। सीमा नदीमा बिना समन्वय काम गर्न नहुने उनको भनाइ छ।

    सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीद्धारा हस्ताक्षरित भारतलाई पठाइएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार