Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा ११ मजदुरको गाेली हानी हत्या


    आइतबार, पुष १९ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

    बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।

    घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार