Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • यी मन्त्रीले ओलीलाई छाडे, प्रचण्ड-माधवलाई दिए साथ


    आइतबार, पुष १९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समूह छाडेका छन्।

    कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह छाडी प्रचण्ड- माधव नेपाल समुहमा लागेका छन्।

    मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्री र एक सांस्द आफ्नो पक्षमा आएको दावी गरे। दुई मन्त्री र एक सांसदले साथ छाडेपछि कर्णाली प्रदेशमा ओली समूहलाई ठूलो धक्का लागेको छ।

    कर्णालीमा नेकपाको ३३ सदस्यीय संसदीय समितिमा ओली पक्षमा जम्मा ११ जना सांसद रहेका छन् भने प्रचण्ड नेपाल पक्षमा २२ जना पुगेका छन्। ओली समूहका मन्त्री र सांसद प्रचण्ड-नेपाल पक्षमा आएपछि कर्णालीमा शाही नेतृत्वको सरकार सुरक्षित भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार