Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० अर्ब रूपैयाँ कर निर्धारण गरिएकाे पत्र बाेकेर उपसचिव पुगे एनसेलकाे कार्यालयमा


    आइतबार, पुष १९ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले एनसेलको स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलकाे स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको हाे । 

    स्रोतका अनुसार ठूला करदाता कार्यालयका एक उपसचिव नै केही दिनअघि एनसेललाई कर निर्धारणको प्रारम्भिक सूचनाको पत्र लिएर एनसेल कार्यालय पुगेका थिए। 

    ठूला करदाता कार्यालयले यही पुस २९ गतेभित्र एनसेलमाथि कर निर्धारण भएको पत्र दिनेछ। एनसेलले प्रारम्भिक पत्र बुझिसकेकाले उसले सरकारको पत्रअनुसार किन कर निर्धारण हुनु नपर्ने हो त्यसको जवाफ दिन सक्छ। करदाताले दिएको जवाफअनुसार कर रकम समायोजन गर्न सक्ने भए पनि सामान्यतया प्रारम्भिक सूचनामा उल्लेख भएअनुसार नै कर निर्धारण हुने भएकाले एनसेलमाथि थप ६० अर्ब रूपैयाँ कर दायित्व सिर्जना हुनेछ।

    २०७२ चैत २९ गते एनसेलको ८० प्रतिशत स्वामित्व १ खर्ब ४३ अर्ब ६५ करोड रूपैयाँमा बिक्री भएको थियो। यो बिक्रीमा लाग्ने पुँजीगत लाभकर यसअघि नै तिरेको थियो। सर्वोच्च अदालतको फैसलाअनुसार निर्धारित कर रकम एनसेलले २०७६ चैत ३० गते तिरिसेकेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार