काठमाडौं । सशस्त्र प्रहरी जवानकाे परीक्षाबाट १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सुनसरी, जुम्ला र सुर्खेत गरी तीन जिल्लाबाट उनीहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा उनीहरूलाई परीक्षा दिइरहेकाे अवस्थमा प्रहरीले पक्राउ गरेकाे हाे।
नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरिएकाे हाे।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।