काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता’ सँगका संचालक रवि लामिछाने न्यूज २४ टीभीबाट अलग हुने भएका छन् । सिधा कुरा जनतासँग कार्यक्रमको प्रायोजक वेलकम विज्ञापन ग्रुपका अध्यक्ष निर्मलराज पौडेल र २४ टेलिभिजनका मालिक अनिल जोशीसँग लामिछानेको कार्यक्रम कसरी लाने भन्ने बिषयमा कुरा नमिलेकाले उनी छाड्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।
न्यूज २४ को जनतासँग सिधा कुरा सबैभन्दा बढी दर्शकले रुचाएको कार्यक्रम हो । भ्रष्टाचार बिरुद्ध होस् वा सामाजिक बिषयमा लामिछानेको कार्यक्रम सशक्त मानिन्छ । न्यूज २४ बाट अलग हुन लागेकोबारेमा लामिछानेले भने–‘कार्यक्रमलाई थप प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भइरहेको छ । अहिले नै न्यूज २४ बाट अलग नै हुने निचोडमा पुगिहालेको होइन ।’