Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्पताल तोडफोड गरेकाे आराेमा १७ जना पक्राउ


    आइतबार, पुष १९ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले अस्पताल ताेडफाेड गरेकाे आराेमा १७ जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे कीर्तिपुरमा रहेकाे मोडल अस्पतालमा तोडफोड गरेकाे भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

    प्रहरीले दिएकाे जानकारी अनुसार धादिङ घर भएकी एक नवजात शिशुको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

    अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ।

    प्रहरीका अनुसार अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल भइरहेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार