Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटन : प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले सर्वोच्चमा लिखित जवाफ पेस गर्दै


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटनबिरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज पेस गर्दैछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक कानुनी परामर्श सबै सकिएपछि आज जवाफ पेस गर्न लागिएकाे हाे ।

    संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो। सरकारले पनि महान्याधिवक्ता कार्यालयमार्फत् आजै दिउँसो सर्वोच्चमा लिखित जवाफ पेस गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । लगतै संसद विघटन हुन नसक्ने जिकिर गर्दै एक दर्जन रिट दायर भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार