Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको ठेक्कामा कीर्ते गर्ने ठेकेदार मुन्कासँग नेपाली सेनाले पनि ठेक्का तोड्दै


    शनिबार, पुष १८ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको २० हजार मिटर ऊलन पाइन्टको कपडा खरिदका क्रममा गुणस्तर परीक्षणका लागि संगठनकै बदनाम गरेपछि पक्राउ परेका क्राउन टेक्सटायलका संचालक पिताम्बर मुन्का पक्राउ परिसकेपछि नेपाली सेनाले पनि उनीसँग थालेको खरिद प्रक्रिया रद्द गरेको छ ।

    नेपाली सेनाले मुन्काको क्राउन टेक्स्टाइल्स इन्डष्ट्रिज प्रा.लि.सँग थालेको कपडा खरिद प्रक्रिया रद्द गरेको जनाएको छ । नेपाली सेनाले क्राउनसँग ११ करोड बराबरको क्यामोफ्ल्याग फेब्रिक (चुस्ता कपडा) खरिद प्रक्रिया थालेको थियो । तर क्राउनले नेपाल प्रहरीको बदनाम गर्नेगरी जिम्मेवार अधिकृतको नाम, इमेल समेत राखेर कीर्ते गरी आफैं गुणस्तर परीक्षणका लागि पठाएको खुलेपछि सीआइबीले उनलाई पुस १३ मा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    क्राउनका प्रतिनिधि ठगी मुद्दामा पक्राउ परेपछि अर्को कम्पनीलाई आसयपत्र दिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । सेनाले पुस १५ गते एडी सप्लायर्स आज्ञा जेभीलाई चुस्ता खरिदको जिम्मा दिएको जनाएको छ । सेनाले यो वर्षका लागि ३ लाख ६२ हजार ५५० मिटर चुस्ता खरिद गर्न गत असोज २२ गते टेन्डर आह्वान गरेको थियो ।
    सो बोलपत्र क्राउन र एडी–आज्ञा जेभीले भरेका थिए । दुई कम्पनीमध्ये सेनाले स्वदेशी उत्पादन हुने भएकाले क्राउनलाई नै दिने तयारी गरेको थियो । तर क्राउनबिरुद्ध ठगीमा कारबाही अघि बढेपछि एडी आज्ञाले पाउने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार