Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु


    शनिबार, पुष १८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

    बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार