काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामा भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका दिन बुधबार ब्यक्त विचारलाई लिएर दिएको प्रतिक्रियाको बिरोध गरेका छन् ।
एक नागरिकका रुपमा संविधानले नै आफ्नो विचार प्रकट गर्ने अधिकार दिएको बताउँदै संघीयता र गणतन्त्रका बिरुद्ध १८ बर्षदेखि आवाज उठाउँदैआएको उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले शाहले नागरिकका रुपमा विचार प्रकट गरेकोमा किन आपत्ति भन्दै प्रश्न गरेका छन् ।
थापाले सामाजिक संजालमा लेखेका छन्–मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हतास मानसिकता फेरि एकपटक उदाङ्गो भएको छ । राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढंगबाट चित्रण गर्नु भएको छ । राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ । राजाले प्रजातन्त्र, दल वा सरकारको बिरोध पनि गर्नुभएको छैन ।
देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको बिचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त बिचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?
जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?
वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेका कारण राजाको बिचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ ।
राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन ।
हामी विगत अठार बर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेका छौँ, संघर्ष गरिरहेका छौँ । सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनुहोस् । राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस् ।
बिचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ । अठार वर्ष अघि बिदेशीको दवाव र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन् । जनतालाई ढाँटेको र धोका दिएको छर्लङ्ग भइसकेको छ ।
स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधानसभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको म मार्फत् प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आईरहेको छ ।
देश र जनताप्रति इमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ । परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र बिचारका बीचमा सामञ्जस्यता खोजौँ । सबै राजनीतिक शक्ति र बिचार अटाउने मौलिक प्रजातन्त्रको बिकास गरौँ । यसवारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend