काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भइनसकेको बताएका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् । अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेकाले एकताको बाटोमा निरन्तर लागिरहने उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।
उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकढिक्का बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।