Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्जिदमा जमातीको लर्कोः विदेशी ल्याएर राख्नेमाथि कारबाही गर्न माग


    शनिबार, बैशाख ६ २०७७
    900
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ६ वैशाख । नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित देखिएका छन् । शुक्रबार उदयपुरको एउटै मस्जिदमा १२ जमातीमा कोरोना संक्रमण देखिएको छ । पर्साको छपकैयास्थित मस्जिदमा चैत २२ मा ३ जना कोरोना संक्रमित देखिएका थिए । पर्सामा पनि भारतीय नै संक्रमित भएका थिए । इटहरी १८ स्थित जतपुर मस्जिदमा ८ जना पाकिस्तानी फेला परेका छन् ।

     यसरी मस्जिदमा भारतीयदेखि पाकिस्तानी जमातीहरु आएर बसेको र उनीहरुमा कोरोना संक्रमण देखिएपछि देशभरका मस्जिदहरुमा प्रहरीले खोजी गर्नुपर्ने देखिएको छ । काठमाडौंका मस्जिदहरुमा पनि जमातीहरु लुकेको हुनसक्ने आशंका गरिएको छ ।

    भारतको नयाँदिल्लीमा २०७६ फागुन २२ देखि २८ गतेसम्म भएको तबलिगी जमातको कार्यक्रममा भाग लिएका भारतीय नागरिक र पाकिस्तानीहरु नै नेपालका मस्जिदमा आएर लुकेको भेटिएको छ । यसरी मस्जिदमा लुकेर बसेका भारतीय र पाकिस्तानीहरुमा कोरोना संक्रमण फैलिएको पाइएपछि उनीहरुलाई कसले ल्याएर राखेको हो खोजी हुनुपर्ने र त्यस्तामाथि सख्त कारबाही गर्नुपर्ने माग हुन थालेको छ । 
    हज कमिटीका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले स्थानीय सरकारलाई जानकारी नगराई धर्म प्रचार प्रसारको नाममा मस्जिदमा बिदेशी ल्याएर राख्नेमाथि सख्त कारबाहीको माग गरेका छन् । उनले लेखेका छन्–मदर्शा, गुम्बा, मठ मन्दिर, गुठी, चर्च लगायत अन्य धार्मिक स्थलमा पनि कसैले सरकारको स्वीकृत नलिई आफू खुसी स्वदेशी तथा बिदेशीहरुलाई सरकारको नियम बिपरीत राखेको भेटिएमा राख्ने ब्यक्तिहरुलाई सरकारले निर्ममतापूर्वक तरिकाले कारबाही गरोस् ?

    उदयपुरमा कोरोना संक्रमित भेटिएपछि मस्जिद क्षेत्र सिल गरिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलान गरी सिल गरिएको हो। सो क्षेत्रमा कसैलाई बाहिर आवत–जावत गर्न दिएको छैन ।

    उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार ¥यापिड टेस्ट किटसहित टोली शनिबार पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार