Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बूढानीलकण्ठबाट ३८ थान ल्यापटपसाहित अनलाइन बेटिङ गर्ने २४ जना पक्राउ


    मंगलबार, फाल्गुन ६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले बूढानीलकण्ठको एक घर छापा मारेर २४ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति अनलाइन बेटिङ खेलाइरहेको आशंकामा दोस्रोपटक छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको हो ।

    उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ ।

    यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ । प्रहरीका अनुसार स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार