Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्तिः ड्राइभरको ठाउँमा खलासीलाई गाडी हाँक्न दिएजस्तै हो


    शनिबार, बैशाख ६ २०७७
    735
    Shares
  • ४ मिनेट पाठ
  •  

    काठमाडौं, ६ बैशाख । नेपाल वायुुसेवा निगममा ३३ बर्षको अनुभव भएका मदन खरेललाई हटाएर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एयरलाइन्सको ए पनि ज्ञान र कुनै पनि अनुभव नभएका पूर्व सचिव सुशील घिमिरेलाई निगमको अध्यक्ष नियुक्त गरेको छ । जसका कारण निगम झन् धरासायी हुने चिन्ता प्रकट हुन थालेको छ । कोरोना भाइरस संक्रमणका कारण पर्यटन ब्यवसयाय संकटमा परेको बेला निगममा त झन् वायुसेवा निगमका क्षेत्रमा अनुभवी ब्यक्तिको चयन हुनुपर्नेमा राजाको शासनको अन्तिम बेलामा काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा जनआन्दोलन दमन गर्ने घिमिरेलाई नियुक्त गरिएको छ । उनीसँग निगमको कुनै अनुभव छैन । 

    पर्यटन मन्त्रालयले २०७६ साउन २२ मा सुशील घिमिरेको संयोजकत्वमा नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले २०७६ असोज १ मा दिएको प्रतिवेदनमा निगममा कार्यकारी अध्यक्षका कारण कार्यसम्पादनमा असर परेको उल्लेख छ । तर आफैंले दिएको प्रतिवेदनको सुझाव बिपरीत घिमिरे निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका छन् । कार्यकारी अध्यक्ष खरेललाई हटाएर आफू नियुक्त हुने सर्तमा भएका सुधारका कामलाई नजरअन्दाज गरी पूव्रागही प्रतिवेदन दिएका थिए भन्ने कुरा आफ्नै सुझाव बिपरीत कार्यकारी अध्यक्ष नियुक्त भएबाटै प्रष्ट भएको छ । 

    \"\"सुशील घिमिरे र कार्यकारी अध्यक्ष नियुक्त गर्नु नहुने भनी उनले दिएको प्रतिवेदनको अंश ।

    घिमिरेको कार्यदलले २०७६ असोज १ मा बुझाएको प्रतिवेदनको दफा ४.३.३ मा कार्यकारी प्रमुखको बारेमा लेखिएको छ । जसमा उल्लेख छ–‘विगतको कार्यसम्पादन सहजताको विश्लेषण गर्दा कार्यकारी अध्यक्ष भएको समयमा ब्यवस्थापन असहज भएको, विभागहरु तथा संचालक समितिको कार्यसम्पादनमा समेत नकारात्मक प्रभाव पर्ने गरेको पाइयो ।’ 

    यस्ता आफैंले दिएको सुझावविपरीत निगमको अध्यक्ष हुने पदलोलुप घिमिरे अक्षम सावित हुने नेकपा निकट पर्यटन ब्यवसायीले नै आरोप लगाउन थालेका छन् । युवा पर्यटन ब्यवसायी राजेन्द्र सापकोटाले त खरेललाई हटाएर घिमिरे जस्तालाई नियुक्ति गर्नु भनेको ड्राइभरले गाडी हाँक्न सकेन भनेर खलासीलाई दिएजस्तै हो भन्ने ठोकुवा गरेका छन् । र, घिमिरेको नियुक्तिबाट निगमको सुधार होइन, थप अधोगतितिर जाने भन्दै चिन्ता प्रकट गरेका छन् । 

    उनले शुक्रबार सामाजिक संजालमा निगमको कार्यकारी अध्यक्ष नियुक्तिबारे तिखो टिप्पणी गरेका छन्–‘दाबीका साथ भन्छु । नेपाल एयरका तत्कालीन अध्यक्ष मदन खरेलले काम गरेनन् भनेर हटाएर उक्त स्थानमा डबल अख्तियारको मुद्दा खेपेका सुशील घिमिरेलाई नियुक्त गर्नु भनेको डाइभरले ओरालो बाटोमा गाडी हाँक्न सकेन भनेर खलासीलाई दिए सरह हो । यो नियुक्ति देख्दा नेपाल एयर भन्ने जिनिस कहिलै प्रगतिपथमा लाग्ला भन्ने विश्वास कसैमा छ भने बेलैमा त्यो त्यागे हुन्छ । किनकि यी पात्रको नेतृत्वबाट त्यो कदापी सम्भव हुनेवाला छैन ।

    तीसौं बर्ष सरकारी सेवा गर्दा कुनै उल्लेखनीय कार्य नगरेका ब्यक्ति जो न्यारोबडी खरिद र नेपाल पर्यटन बोर्डको भ्रष्टाचारमा अख्तियारद्वारा डामिएका थिए । अवकाश पाएको ७–८ बर्षपछि उनमा के त्यस्तो योग्यता थपिएछ ? उनी नभई नेपाल एयर नचल्ने ? सयौंको संख्यामा योग्यतम ब्यक्तिहरु थिए । किन उनीहरु उपेक्षित भए ? खुला प्रतिस्पर्धामा जाँदा के बिग्रन्थ्यो ? हेरेर बसौ यी पात्रको नेपाल एयर बसाई लामो हुनेछैन । तर्कसंगत बहस गरौं के हामी नेपाल एयरको बिकास चाहन्नौ ?’

    उमेर घर्किसकेका र सरकारले दिएको पेन्सनले जीवन धान्ने अवस्थाका घिमिरे राजेन्द्र खेतानको ठूलो हिस्सा सेयर रहेको लक्ष्मी बैंकका अध्यक्ष हुन् । खेतानका भित्रियाका रुपमा काम गर्दैआएका उनलाई विनाप्रतिस्पर्धा नै निगमको अध्यक्ष नियुक्त गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार