Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाटै ठगिए सशस्त्रका सात प्रहरी …


    सोमबार, फाल्गुन ५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  । सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन् ।

    सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई ठगी गरेपछि सापकोटा पक्राउ परेका छन् ।

    सापकोटालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    २७ वर्षीय सापकोटा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्दै आएका थिए ।

    सापकोटाले सशस्त्र प्रहरीका ती कर्मचारीसँग रकम लिएको खुलेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

    तर, सात जना प्रहरीबाट सापकोटाले के कति रकम लिएको भन्नेबारे स्पष्ट हुन बाँकी रहेको आचार्यले बताए ।

    सापकोटा विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभलगायत कसुरमा पक्राउ परेर छुटेका व्यक्ति रहेको अभिलेख प्रहरीसँग छ ।

    सापकोटालाई तथ अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार