काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन् ।
सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई ठगी गरेपछि सापकोटा पक्राउ परेका छन् ।
सापकोटालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
२७ वर्षीय सापकोटा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्दै आएका थिए ।
सापकोटाले सशस्त्र प्रहरीका ती कर्मचारीसँग रकम लिएको खुलेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
तर, सात जना प्रहरीबाट सापकोटाले के कति रकम लिएको भन्नेबारे स्पष्ट हुन बाँकी रहेको आचार्यले बताए ।
सापकोटा विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभलगायत कसुरमा पक्राउ परेर छुटेका व्यक्ति रहेको अभिलेख प्रहरीसँग छ ।
सापकोटालाई तथ अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend