Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षककै नेता खेलाउँछन् प्रहरीको संरक्षणमा जुवा, मिटरब्याजको धन्दा पनि उस्तै


    सोमबार, फाल्गुन ५ २०८१
    5.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • दमौली । जुवा खेल्नु र खेलाउनु गैरकानुनी कार्य हो । त्यसमा पनि ज्ञानको ज्योति फैलाउनुपर्ने शिक्षककै नेता जुवा खेल्नेदेखि खेलाउने कार्यमा सरिक हुँदा समाजमा त्यसले कस्तो असर पार्ला ? तनहुँको दमौली लगायतका स्थानमा गैरकानुनी जुवा फष्टाउँदै आएको छ । जहाँ जुवाको धन्दा प्रहरीका सादा पोशाकका घुमुवाकै रेखदेखमा संचालन हुँदैआएको छ ।

    शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले प्रहरीकै संरक्षणमा जुवा खेलाउने गरेको स्रोतले बताएको छ । युनियन एजुकेशन खोलेर लोकसेवा आयोगको कोचिङ सेन्टरसमेत चलाउँदैआएका भट्टराईले विगत केही बर्षदेखि बरिष्ठ सई प्रकाश खत्री र असई सन्त रिमालकै सेटिङमा तनहुँको दमौलीमा जुवा अखाडा चलाउने गरेका थिए ।

    नेपालफेसले समाचार लेखेपछि ती ती घुुमुवाको सरुवा भइसकेको छ । सरुवा भएका असई रिमाल देवघाटमा सरुवा भएकाले पछिल्लो समय चितवनमा पनि जुवा खेल्ने खेलाउने कार्य हुँदैआएको छ । रमेशबाबु भट्टराईसमेत चितवनमा जाने र रिमालले सेटिङ मिलाउने गरेका छन् ।

    स्रोतका अनुसार दुई घुमुवा लखेटिएपछि पनि तनहुँका एसपी वीरेन्द्र शाहीलाई मिलाएकाले केही खतरा नभएको भन्दै भट्टराईले जुवा अखाडा संचालन गर्दैआएका छन् । जुवा अखाडामा खेलाउने र खेल्ने भट्टराईले मिटरब्याजमा लगानी पनि गर्ने गरेका छन् । जुवा खेल्नेहरुलाई उनले ब्याजमा पैसा दिने गरेका छन् । मादीघाटमा नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का लिएका बलबहादुर शाही, खेमबहादुर गुरुङ, सोम मगरलाई मिटरब्याजमा लगानी गर्दैआएका छन् । मिटरब्याजमा दिएको रकम नदिए प्रहरीका घुमुवा लगाएर असुल्ने गरेका छन् ।

    केही समयअघि मिटरब्याजमा दिएको रकम असुल्न उनले मधेशी मूलका एक ब्यवसायीलाई धम्की दिएपछि काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ नै गर्ने तयारी गरेको थियो । मिटरब्याजमा लगाएको पैसा असुल्न धम्की दिएपछि ती ब्यवसायीले मधेशी आयोगमा उजुरी गरेका थिए । आयोगले प्रहरीमा पत्र लेखेरै भट्टराईलाई कारबाही गर्न निर्देशन दिएको थियो । मधेशी आयोगले पत्र लेखेपछि प्रहरीले उनलाई पक्राउ गर्न टोली खटाए पनि बल्लतल्ल जोगिएका थिए ।

    समाजका अगुवा र ज्ञानको ज्योति फैलाउने शिक्षक पेशामा रहेका भट्टराई आफूलाई ब्यास नगरपालिकाको मेयरको उम्मेदवार बन्ने दाबी गर्दैआएका छन् । तनहुँदेखि चितवनमा समेत जुवा खेल्ने र खेलाउने गर्नुहुँदोरहेछ नि भन्न प्रश्नमा रमेशबाबु भट्टराईले भने–‘तिहारमा साथीभाइसँग मनोरन्जनका लागि खेलेको फोटो आयो होला, अरु बेला खेलेको छैन ।’

    भट्टराईले तिहारमा खेलेको प्रतिक्रिया दिए पनि जुवा खेल्दै गरेको तस्वीर भर्खरकै भएको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार