काठमाडौं । संसदमा दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भई प्रचण्ड–माधवको एक धार र केपी ओली नेतृत्वको अर्को धारका रुपमा एक अर्कालाई गालीगलौजको बर्षा गरिरहेका छन् । तर नेकपा विभाजन होइन, एकता गर्नुपर्छ भन्ने धारको नेतृत्व वामदेव गौतमले गर्दैआएका छन् ।
घरमा झगडा भयो भनेर प्रधानमन्त्री ओलीले घरमै आगो लगाइदिएपछि नेकपा छिन्नभिन्न भएको हो । प्रधानमन्त्री र नेकपाको अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने पार्टीको बहुमतको निर्देशन पालना नगरी प्रतिनिधिसभा नै बिघटन गर्ने कार्यलाई घरझगडा भयो भनेर घरमै आगो लगाउने कामका रुपमा लिइएको छ ।
पार्टी एकताको पक्षमा लागेका वामदेव गौतमको चाहना बिपरीत नेकपा विभाजन भएपछि उनी कतै पनि लागेका छैनन् । पार्टीमा उनकै कारण बढी विवाल सृजना भएपनि उनी बीच बीचमा ओलीको ललिपपमा लोभिंदा उनको छवि पनि धुमिल बन्दै गएको छ । उनी ओली वा प्रचण्ड–माधव कता लाग्ने हुन् भन्ने अड्कलबाजी भइरहेको बेला उनले भने आफू एकताका पक्षधरको तेस्रो धारको नेतृत्व गर्ने बताएका छन् । उनी प्रचण्ड–माधवतिर लाग्ने चर्चा भएपछि उनले मुख खोलेका छन् । उनले आफू कतै नलाग्ने तेस्रो धारको नेतृत्व गर्ने प्रष्ट पारेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend