Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा सामूहिक बलात्कारमा परेकी १७ वर्षीया किशोरीद्वारा आत्महत्या


    आइतबार, फाल्गुन ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेकी छन् । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि ती किशोरीले आत्महत्या गरेको उनका परिवारले जनाएको छ ।

    किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट एक् लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय भएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनको भनाइ छ ।

    गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो । शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् ।

    उक्त घटनाबारे जानकारी दिए भोलिटोल पञ्चायत बसेको थियो । पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो । तर, पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै उल्टै पीडितलाई धम्काएको किशोरीकी आमाले बताइन् ।

    पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । किशोरीका भाउज्यूका अनुसार घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार