प्रयागराज । महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् ।
यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो घटनाको रूपमा रेकर्ड भएको छ, ४५ दिनसम्म चल्ने महाकुम्भ सकिनका लागि अझै ११ दिन बाँकी छ ।
भारतीय समाचार माध्यमलेअमेरिका र चीनको कुल जनसङ्ख्या पछि तेस्रो ठूलो जनसङ्ख्या बराबरको मानिस प्रयागराज पुगेका हुन् ।
ब्राजिलको रियो फेस्टिवल वा जर्मनीको अक्टोबर फेस्टिभलमा हुने भीड यसको तुलनामा केही होइन। फेब्रुअरी ९ बाट सुरु भएको रियो कार्निवल १७ फेब्रुअरीसम्म चल्ने छ, जसमा दैनिक २० लाख मानिसले अवलोकन गर्ने गर्दछन् । त्यस्तै, १६ दिनसम्म चल्ने जर्मनीको अक्टोबर फेस्टमा करिब ७० लाख मानिस सहभागी हुने गरेको रेकर्ड कायम छ ।
तर, महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो उपस्थितिको घटनाको रूपमा उल्लेख भएको छ ।
शनिबार र आइतबार पनि ठूलो भीड हुनसक्ने प्रशासनको अनुमान गरेका छन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि लखनउमा बैठक गरेर वरिष्ठ अधिकारी आफै सडकमा उत्रिएर हरेक तहमा जवाफदेहिता कायम गर्न निर्देशन दिइसकेका छन । मुख्यमन्त्री योगीले प्रयागराज महाकुम्भ जाने बाटोमा कतै पनि जाम नहुने बताएका छन् । ‘भक्तजनलाई कुनै समस्या नपरोस, जाम भयो भने त्यहाँका पदाधिकारीको जवाफदेही हुनेछन्’ उनले भने ।
उता, कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धीले फेब्रुअरी १६ मा महाकुम्भमा डुब्ने भएका छन्। कांग्रेस स्रोतका अनुसार उनको आगमनको कार्यक्रम लगभग टुङ्गिएको छ, तयारी भैरहेको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend