प्रयागराज । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् ।
यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १ लाख भक्तजनलाई निःशुल्क खाना उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन । यसैबिच, अब उनले महाकुम्भमा गीता प्रेस गोरखपुरको निः शुल्क पुस्तक पनि वितरण गर्ने भएका छन ।
गौतम अडानीले गीता प्रेसको ‘आरती सङ्ग्रह’ पुस्तकको १ करोडभन्दा बढी प्रति भक्तजनलाई महाकुम्भमा निःशुल्क वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो जानकारी उनले स्वयं ‘एक्स’ मार्फत दिएका हुन् ।
महाकुम्भमा गीता प्रेसका पुस्तक निः शुल्क वितरण गर्न गौतम अडानीले गीता प्रेसका पदाधिकारीसँग भेट गरेका थिए । यस भेटको सन्दर्भमा उनले लेखेका छन्, ‘महाकुम्भ भारतीय संस्कृति र धार्मिक आस्थाको महायज्ञ हो, यो हाम्रो लागि ठूलो सन्तुष्टिको कुरा हो, यस महायज्ञमा प्रतिष्ठित संस्था गीता प्रेसको सहयोगमा कुम्भमा आउने भक्तजनलाई एक करोड प्रति ‘आरती सङ्ग्रह’ निःशुल्क उपलब्ध गराउँदैछौं ।’
‘सनातन साहित्यमार्फत सय वर्षदेखि राष्ट्रको सेवा गर्दै आएका गीता प्रेसका आदरणीय पदाधिकारीहरूबाट आज प्रेरणा पाएर गीता प्रेसको उत्कृष्ट सेवा कार्यप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पाएको छु’ उनले भनेका छन, ‘धर्म र संस्कृतिप्रति निःस्वार्थ सेवा र दायित्वको भावना देशभक्ति हो, जसमा हामी सबै प्रतिबद्ध छौं। सेवा नै ध्यान, सेवा नै प्रार्थना र सेवा नै ईश्वर हो ।’
यसअघि अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले पनि महाकुम्भमा दैनिक १ लाख भक्तजनलाई निःशुल्क महाप्रसाद वितरण गर्ने घोषणा गरेका थिए । यो काम इस्कॉनको सहयोगमा गरिने भएको छ । यस प्रसादको तयारीका लागि अत्याधुनिक सुविधासहित दुईवटा विशाल भान्सा निर्माण गरिएको छ । जसमा २५ सय स्वयंसेवकले दैनिक रूपमा काम गर्नेछन् । यसका साथै सरसफाइमा १८ हजार सरसफाइ कर्मचारी पनि खटाइनेछ ।
भक्तजनलाई रोटी, दाल, भात, तरकारी र मिठाई सहितको थाली खुवाइने छ । यसलाई पर्यावरण अनुकूल पातहरूमा सेवा गरिनेछ। प्रसाद वितरणका लागि ४० एसेम्बली पोइन्ट तोकिएको छ । अपाङ्गता भएका, वृद्धवृद्धा र बालबालिकाका लागि सबैले सहज अनुभव लिन सक्ने गरी विशेष व्यवस्था गरिएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend