Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४०० रूपैयाँले बढ्यो सुनको मूल्य


    शुक्रबार, पुष १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सुनको भाउ ४०० रूपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।

    त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको थियो ।

    यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार