काठमाडौं । यहि पौष २६ गतेबाट नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले अहिलेसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाइसकेकोले पौष २६ गतेबाट आईपीओको आवेदन खोल्ने तयारी भएको बैंकले जनाएको छ ।
इन्फ्रास्ट्रकचर बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहका अनुसार अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिन बाँकी छ । कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिएपछि सर्बसाधारणमा आईपीओ निष्काशन गरिने उनले बताए । उनका अनुसार पुस १७ गतेसम्म रजिष्ट्रार कार्यालयबाट स्वीकृति आउने सम्भावना छ ।
बैंकले सर्वसाधरणको लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्ने भएको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।